
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले संस्थापक तर्फको शेयर स्वामित्व घटाउने भएको छ । हाल ५३ दशमलव ३४ प्रतिशत रहेको संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम हुने गरी सर्वसाधारणमा परिणत गराउने तयारी कम्पनीले गरेको हो ।
कम्पनीको हाल सर्वसाधारण तर्फ ४६ दशमलव ६६ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुमध्य कसैले आफ्नो स्वामित्वको शेयर सर्वसाधारणमा परिणत नगर्ने भएमा स्वः घोषणा उपलब्ध गराउन भनेको छ ।
कम्पनीले मंसिर ८ गते यो सुचना जारी गरेकाले सोहि मितिदेखि ३५ दिनभित्र स्वः घोषणा बैंकको केन्द्रिय कार्यालय वा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा उपलब्ध गराउन भनेको छ ।
प्रतिक्रिया दिनुहोस