
काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते (सोमवार) देखि एकिकृत कारोबार सुरु गरेका छन् । नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक भएका हुन ।
मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेको कम्पनीले जानकारी दिएको छ । नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् ।
अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको नव किरण लघुवित्तको चुक्तापूँजी ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत महुली लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ । यी दुई कम्पनीले मर्ज भएपश्चात चुक्तापूँजी १९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस