aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ९ गते मंगलवार अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न मंसिर २१ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि मंसिर १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले मंसिर ९ गतेभित्रै शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।  

बैंकको असोज ४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले २० प्रतिशत लाभांश दिन लागेको हो ।  

गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको हो । 
 

प्रतिक्रिया दिनुहोस