aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नारायणी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृतसँगै कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
नारायणी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृतसँगै कारोबार फुकुवा

काठमाडौं । सोमवार नारायणी डेभलपमेण्ट बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख १८ हजार ७४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस शेयर सूचीकृत भएकै दिन कम्पनीको रोक्का रहेको शेयर कारोबार समेत फुकुवा भएको छ ।  

समस्याग्रस्त कम्पनीको सूचीबाट नेपाल राष्ट्र बैंकले हटाएसँगै कम्पनीको शेयर कारोबार फुुकुवा भएको हो । २०७० साल चैत २७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको यस कम्पनीलाई २०७७ साउन ८ गते समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो ।

यस कम्पनीले समस्याग्रस्त अवस्थाबाट फुकुवा भएसँगै शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले कात्तिक ७ गते १ बराबर १ को अनुपातमा रू. ६ करोड ५६ लाख १६ हजार ९०० बराबरको हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस