aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अब प्रभु बैंकको ग्राहक पहिचान सेवा अनलाइनबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
अब प्रभु बैंकको ग्राहक पहिचान सेवा अनलाइनबाट

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ई-केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको खाता खोली कारोबार गरेका सम्पुर्ण ग्राहकले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।  

प्रभु बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले विश्वास लिएको छ ।   

प्रतिक्रिया दिनुहोस