
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी) १५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको पहिलो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार २१ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम भएको हो ।
कोरोना महामारीका कारण चालु आवको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकले नाफा घटेको छ । अधिकांश बैंकको नाफा घटेका कारण प्रतिशेयर आम्दानी घटेको छ । नाफाकै तुलनामा प्रतिशेयर आम्दानी पनि बढ्दै जाने सैद्धान्तिक मान्यता हो ।
यसको अर्थ शेयर लगानीकर्ताले एक सय रुपैयाँ बैंकमा लगानी गर्दा १५ रुपैयाँ भन्दा कम कमाइ रहेको हो ।
यस्तो कमाइलाई सेयरधनीको आम्दानी अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । चालु आवमा २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी आरओई एनआईसी एशिया बैंकको रहेको छ । बैंकले चालु आर्थिक वर्षमा पहिलो त्रैमासमा २३.४५ प्रतिशत आरओई छ अर्थात एनआईसी एशिया बैंकमा एक सय रुपैयाँ लगानी गर्ने शेयर धनीले २३.४५ पैसा कमाइ भएको छ । गत आवको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी २२.१२ पैसा रहेको थियो ।
चालु आवको यो अवधिमा सिभिल बैंकका शेयरधनी सबैभन्दा बढी मर्कामा परेका छन् । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ३.७७ रुपैयाँमात्र रहेको छ । गत आवको यो अवधिमा बैंकको यस्तो कमाइ ६.२९प्रतिशत र आवको अन्त्यमा ४.७५ रुपैयाँ थियो ।
चालु आवको यो अवधिमा शेयरधनीलाई बढी कमाइ दिने बैंकको दोस्रो सूचीमा प्रभु बैंक परेको छ । प्रभू बैंकले चालु आवको पहिलो त्रैसासमा आफ्नो शेयर धनीलाई २२.४१ रुपैयाँ दिने सक्ने गरि वित्तीय विवरण प्रकाशित गरेको छ । गत आवको अन्त्यमा बैंकको आरओई ९.६० रुपैयाँमात्र थियो । बैंकले यो अवधिमा आरओई डब्बलभन्दा बढीले वृद्धि गरेको छ ।
त्यस्तै नेपाल प्राइम बैंकले चालु आवको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी १९.८० रुपैयाँ रहेको छ । गत आवको अन्त्यमा बैंकको नाफा १२.५६ रुपैयाँ कमाइ रहेको थियो । गत आवको सोही अवधिमा बैंकको आरओई १३.२७ रुपैयाँ थियो । बंगलादेश बैंकले चालु आवको पहिलो त्रैमासमा आफ्ना शेयरधनीलाई प्रतिशेयर वापत १७.२६ रुपैयाँ दिन सक्ने देखिएको छ । गत आवमा बैंकको यो प्रतिशत जम्मा १०.५० प्रतिशतमात्र थियो । एक सय रुपैयाँ लगानी गरेका शेयरधनीले चालु आवको वित्तीय विवरणअनुसार १७.२६ प्रतिशतसम्म कमाइ दिन सक्ने देखिएको हो ।
नबिल र सिटिजन बैंकको आरओई पनि १५ प्रतिशतभन्दा माथि छ । नबिलले यो आवको पहिलो त्रैमासमा १५.९८ र सिटिजन बैंकले १५.३६ प्रतिशत आरओई दिन सक्ने देखिएका हुन् ।
यसका साथै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, मेगा, एनएमबी, माछापुच्छे«, सिद्धार्थ, सानिमा तथा सन्राइज, स्ट्याण्र्डड चार्टर्ड र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको कमाइ १० प्रतिशतभन्दा माथि रहेको छ भने अन्य बैंकको कमाइ १० प्रतिशतभन्दा कम छ ।
वाणिज्य बैंकका सेयर धनीले प्रतिसेयर आम्दानी २३.४४ रुपैयाँ रहेको छ भन्ने हो । गत आवमा सबैन्दा कम कमाइ सिभिल बैंकको रहेको छ । सिभिल बैंकको प्रतिसेयर आम्दानी ४.७५ प्रतिशतमात्र रहेको छ । सेयर धनीलाई बढी कमाइ दिने बैंकको दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले एक सय रुपैयाँ लगानीगर्ने सेयर धनीलाई २२ रुपैयाँ १२ पैसा कमाइ दिन सक्ने भएको हो ।
गत आवमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकहरूको नाफा घटेको छ । अधिकांश बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी घटेको हो । नाफाको आधारमा प्रतिसेयर आम्दानी पनि बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता भएका कारण यो वर्ष बैंकहरूको नाफा घटेका कारण आरओई पनि घटेको हो ।
बैंकहरूको नाफा घट्दा आम्दानी घटेको हो । बैंकहरूको नाफा घट्दा शेयर धनीले राम्रो प्रतिफल पाउन नसक्ने अवस्था आएको हो ।
प्रतिक्रिया दिनुहोस