aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिटिजन्स बैंक इन्टरनेशनलको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
सिटिजन्स बैंक इन्टरनेशनलको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १० गते बुधवार अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न बैंकले मंसिर २० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर १० गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रहेको छ ।  

प्रतिक्रिया दिनुहोस