aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साधारण सभा प्रयोजनका लागि मल्टीपर्पस फाइनान्सले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
साधारण सभा प्रयोजनका लागि मल्टीपर्पस फाइनान्सले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा मंसिर १९ गते बोलाएको छ । कम्पनीले केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा विहान ११ बजे सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पारित गर्नेछ । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । कात्तिक १९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस