
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सत प्रतिशत हकप्रद शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीले १ बराबर १ अनुपातमा विक्री गरेको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर सुचिकृत गरेको हो । यो शेयर बुधवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गरी असोज १३ गते बाँडफाँट गरेको थियो । पहिलो चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ८९ हजार ४५० कित्ता शेयर असोज २५ देखि कात्तिक २ गतेसम्म लिलामीमा विक्री गरेको थियो । कम्पनीको शतप्रतिशत हकप्रद पश्चात चुक्तापूँजी रू.२२ करोड ८२ लाख २८ हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस