aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट बजारमा, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट आजदेखि बजारमा आएको छ । गभर्नर अधिकारीको हस्ताक्षर रहेको ५ रुपैंया दरको बैंकले संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीका लागि बजारमा पठाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो करिब ६० करोड रुपैंया बराबरको रकम हो । 

यो नोट साविककै आकार र डिजाइनमा बनाइएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको ‘पानीछाप’ छ । नोटको पटाडिपट्टी वन्य याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र समेत रहेको छ । 

यसअघि दशैंताका राष्ट्र बैंकले २ अर्ब रुपैंया बराबरको नोट बजारमा पठाएको थियो । त्यो नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जीबी नेपालको हस्ताक्षर थियो । 

प्रतिक्रिया दिनुहोस