aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवाकोे पाडाजुङ्गी र बुधवारेमा एकैदिन शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
कामना सेवाकोे पाडाजुङ्गी र बुधवारेमा एकैदिन शाखा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंकले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा पाडाजुङ्गी र बुधवारेमा एकैदिन शाखा सञ्चालनमा ल्याएको छ । 

प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा बिहीबारदेखि आफ्नो ८८औं र ८९औ  शाखा कार्यालय स्थापना गरि कारोबार शुरुआत गरेको हो । 

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । 

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस