
काठमाण्डौ । नागरिक लगानी कोषले ल्याउन लागेको कर्मचारी आचार सहिता निर्देशिका प्रति कर्मचारीहरुले आपति जनाएका छन् । उक्त निर्देशिकामा शेयर बजारमा कारोवार गर्न बन्देज लगाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन ।
नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले कर्मचारीको मौलिक हक माथि नै बन्देज लगाउन खोजेको भन्दै ब्यबस्थापक प्रति गुनासो पोख्दै भने 'कोषमा कार्यरत कर्मचारीका एकाघर परिवारले शेयर बजारमा लगानी गर्न नपाउने नियम ल्याउन खोजेर हाम्रो मौलिक हक माथि नै बन्देज लगाउने प्रयास गरिदै छ ।'
साथै उनले सस्थागत ग्राहकहरु संग कर्मचारीहरुले सिधा सम्पर्क गरेर ऋण कारोबार गर्न नपाउने जस्ता बुदा राखेर निर्देशिका ल्याउन लागेको भन्दै आर्थिक्न्युजसंग आफ्नो असन्तुष्टि व्यक्त गरे ।
कोषले ल्याउन लागेको निर्देशिका हाल स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको भन्दै आज विरोधस्वरुप कर्मचारीहरुले अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । ब्यबस्थापकले कर्मचारीहरुको माग पुरा गर्न नसक्ने कुनै पनि छैन भन्दै युनियनका अध्यक्ष चालिसेले आफ्ना माग हरु प्रति ब्यबस्थापक सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस