aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते शनिबार हुँदैछ । 

प्रतिक्रिया दिनुहोस