aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अघिल्लो खुलामुखी योजनाले राम्रो प्रतिफल दिन सफल भयो, हामीप्रति जनताको विश्वास बढेको छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
अघिल्लो खुलामुखी योजनाले राम्रो प्रतिफल दिन सफल भयो, हामीप्रति जनताको विश्वास बढेको छ
रामेन्द्र रायमाझी: प्रमुख कार्यकारी अधिकृत, एनआईशी एशिया क्यापिटल

रामेन्द्र रायमाझी एनआईशी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) हुन् । वित्तीय क्षेत्रमा एक दशकदेखि संलग्न रहेका रायमाझीस्रँग ग्लोबल आईएमई क्यापिटलमा र त्यसअघि काठमाडौै क्यापिटल काम गरेको अनुभव छ ।

पुँजीबजार बढ्न थालेपछि यतिबेला बजारमा म्युचुअल फण्डहरुको खुद सम्पत्ति (एनएभी) बढ्न थालेको छ । सम्पत्ति बढेसँगै इकाईधनीहरुलाई दिने प्रतिफल क्षमता समेत बढ्ने सम्भावना देखिएको छ । यही समयमा एनआईशी एशिया क्यापिटलले दोस्रो खुलामुखी योजनाको रुपमा ५ करोड इकाई ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ आजदेखि बिक्री गर्न लागेको छ । यसै विषयको सेरोफेरोमा रहेर सीईओ रायामाझीसँग कुराकानी गरिएको छ । 

नेपालमा म्यूचुअल फण्डको अवस्था कस्तो छ ? 

नेपालमा म्यूचुअल फण्डको लामो इतिहास त छैन । ८ देखि १० वर्ष जति मात्र भयो, आउन थालेको । सुरुमा एक/दुई वटा आएको थियो । म्यूचुअल फण्डहरुको सम्बन्ध शेयर बजारसँग बढी हुन्छ । बजार कसरी जान्छ, हामी पनि त्यसरी नै जानुपर्ने हुन्छ । पहिले बजार ‘अपट्रेन्ड’मा हुँदा म्यूचुअल फण्डहरुले राम्रो प्रतिफल दिएका छन् । अहिले हामीहरुले शेयरको किनबेच मात्र गर्न सक्छौ । 

हाम्रै कुरा गर्दा पहिलो वर्ष १० प्रतिशतले प्रतिफल दियौं । दोस्रो वर्ष हामीले मार्केट ८ प्रतिशतले बढिरहेको थियो, त्यसबेला हाम्रो प्रतिफल दिने १८ प्रतिशत पुगेको थियो । जबसम्म लगानीकर्ताले ‘कुन शेयर किनाैं’ भनेर सोध्नुपर्ने अवस्था हुन्छ, उनीहरुका लागि म्यूचुअल फण्ड नै सबैभन्दा उत्तम हुन्छ । 

बजारमा धेरै म्युचुअल फण्डहरु खुल्दै गए । तर, खासै राम्रो प्रतिफल दिन सकेको देखिएन नि ? 

म्युचुअल फण्डहरुले विगतमा शेयर बजारमा मात्रै लगानी गरेका थिए, त्यस्रैले त्यस्तो भएको हो । बजार घट्दा म्यूचुअल फण्डले धेरै केही गर्न सक्दैन । त्यसमाथि म्यूचुअल फण्डले एकैवर्ष धेरै कमाएर दिन्छ भन्ने हुँदैन । हामीले ल्याएको म्युचुअल फण्ड १ वर्षको लागि मात्रै पनि होइन, ५/७ वर्षसम्ममा प्रतिफल राम्रै हुन्छ । 

अबको म्युचुअल फण्डलाई शेयर बजारमा मात्रै लगानी गर्नुपर्ने अवस्था पनि छैन, लगानीका विभिन्न क्षेत्रहरु खुला भइसकेका छन् । त्यसैले अब शेयर यो क्षेत्र शेयर बजारमा मात्रै निर्भर हुँदैन । 

बजारमा म्यूचुअल फण्डप्रति त्यति आकर्षण छैन । यस्ता फण्डले शेयरमा कारोबार नै गर्ने हो भन्ने बुझाई छ । बजारलाई यो कुरा बुझाउन नसकेर पनि यो क्षेत्रमा आकर्षण कम भएको हो की ?   

म्यूचुअल फण्डमा आकर्षण कम हुनुको कारण जनचेतनाको कमी नै हो । एउटा कुरा के बुझ्नु पर्यो भने म्यूचुअल फण्ड भनेको शेयर बजारमा मात्रै लगानी गर्ने उपकरण होइन । यो निरन्तर नाफा दिने उपकरण हो । 

तपाईँले लगानी गर्दा ४ प्रकारको जोखिम हुन्छ । सबै जोखिम उठाउन जोकेहीले सक्दैन । यसमा कोही न कोही नो–रिस्कवाला त चाहियो नि ! हामी त्यही जोखिम लिने माध्यम हौं । 

अहिले म्यूचुअल फण्डको क्लोजिङ रेटमा १० रुपैयाँको मूल्य छ भने बजारमा ९ रुपैयाँ मात्रै पनि हुनसक्छ । त्यो भनेको आफ्नो वास्तविक मूल्यभन्दा कम भयो । ओपनिङ इन्डेडमा यस्तो हुँदैन । जति म्याप अनुसारको रियल भ्यालुमा कारोबार गर्न सकिन्छ । यसमा ब्रोकर चार्ज तिर्नु पनि पर्दैन । यसो हुँदा वास्तविक मूल्य पनि आउने भयो । उपकरणको लिक्विडिटी पनि अरुभन्दा धेरै हुने भयो ।  

ओपन इन्डेडको नयाँ फिचर के के हो ? 

ओपन इन्डेड नामैले खुला भन्ने बुझाउँछ । यो तत्कालै र सीधै गएर किनबेच गर्न पाइन्छ । यस्तो म्युचुअल फण्डको प्रतिफल डिवेञ्चरको भन्दा बढी हुन्छ । डिबेञ्चरमा ब्याजदर स्थिर हुन्छ । यसमा हुँदैन । तर डिबेञ्चरमा जस्तै यसमा पनि लक–इन पिरियड चाहिँ हुन्छ । 

म्युचुअल फण्डको पहुँच कसरी पुर्याउन सकिन्छ ?

सबै ठाउँमा ब्रान्च राख्न सकिदैन । अब भनेको टेक्नोलोजिलाई विस्तार गर्ने नै हो । शुरुमा आईपीओ मेरो शेयरबाट हाल्न सक्नुहुन्छ । त्यसपछि अनलाइनबाट किनबेच गर्न सक्नुहुन्छ । टेक्नोलोजीले गर्दा अहिले देशका जुनसुकै कुनाबाट पनि इकाईहरुको कारोबार गर्न सक्ने अवस्था बनेको छ । 

अहिले पनि पुँजी बजारको पहुँच पर्याप्त छैन । प्राथमिक बजारमा २०/२१ लाख आवद्ध भए पनि दोस्रो बजारमा त्यसको संख्या निकै कम छ । यसलाई अझ व्यापक बनाउन के गर्नुपर्छ ? 

सबैभन्दा पहिलो त फाइनासियल लिटरेसी बढाउने हो । स्कुलमा गएर फाइनान्सियल लिटरेसीका कुरा गर्ने, विद्यालयका पाठ्यक्रममा हाल्नुपर्ने हुन्छ । यिनीहरु भनेको व्यवहारिक कुरा हुन् । कति सैद्धान्तिक कुराहर छन्, तर तिनीहरु नेपालको आधारमा बनेका छैनन् ।  अहिलेलाई समुदाय र स्कुल लेभलमा जनचेतना फैलाउनुपर्छ । त्यसपछि नियामकले यी उपकरणहरुको पहुँच पुर्याउनुपर्ने हुन्छ । 

अहिले स्थानीय तहले पनि ‘लोकल बण्ड’ जारी गर्ने भन्ने कुरा भइरहेको छ । तपा्रइँह्ररु त्यहाँसम्म जानुहुन्छ कि जानुहुन्न ?  

एकदमै, जान्छौं । हाम्रो दीर्घकालीन प्लान यही हो । यसमा कर बेनिफिट पनि हुन्छ । कर्पोरेशन बण्डहरु आयो भने त्यसमा लगानी गर्न नियामकसँग स्वीकृति लिनुपर्ने हुन्छ । जहिले यस्ता कुराहरु आउँछ, हामी त्यो प्रक्रियामा पनि जान्छौ । 

एनआईसी एशिया क्यापटिलको खुलामुखी योजनामा आम मानिसले किन लगानी गर्ने ? 

म्युचुअल फण्ड आफैमा पनि नयाँ कुरा हो । त्यसमा पनि ओपन इन्डेड फण्ड, डिभेञ्चर नयाँ अवधारणा हुन् । यस योजना खुलामुखी भएको हुँदा यस योजनामा अन्तरगत इकाईहरु निरन्तर रुपमा योजना व्यवस्थापन तथा योजना व्यवस्थापन तोकेको वितरकको माध्यमबाट पनि खरिद बिक्री गर्न सक्छन् । 

सबैभन्दा पहिले आफ्नो उद्देश्य के हो भन्ने कुरा बुझ्नुपर्छ । हामीले स्थिर आम्दानी भनेका छौं । यसमा एकदमै धेरै वा एकदमै कम प्रतिफलको सम्भावना हुँदैन । त्यसैले अहिलेसम्मकै सबैभन्दा सुरक्षित उपकरण पनि यही हुन्छ होला । 

अब एनआइसीमा किन जाने भन्दा हाम्रो विगतका रेकर्डहरु हेर्नुपर्छ । यो हाम्रो तेस्रो योजना हो । पहिलो योजना क्लोज इन्डेड थियो । दोस्रो योजना अहिलेको जस्तै अनेपन इन्डेड थियो । हामीसँग खुलामुखी योजनामा सुरुदेखि नै लाभांश दिन सकेका छौं ।

प्रतिक्रिया दिनुहोस