aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ मंसिर २०७७
राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत मासिक वित्तिय विवरण अनुसार एक महिनामै ४१ अर्ब सम्पत्ति बढेको देखिएको हो । 

उक्त विवरण अनुसार गत महिना बैंकको १४ खर्ब ८४ अर्ब ५५ करोड २३ लाख ४२ हजार ९४९ रुपैयाँ सम्पति रहेकोमा यस महिना १५ खर्ब २५ अर्ब १८ करोड ४७ लाख ८६ हजार ३९६ रुपैयाँ पुगेको छ । 

सबैभन्दा बढि नगद तथा नगद समानमा सम्पत्ति बढेको देखिन्छ । नगद तथा नगद समानमा गत महिना ६ खर्ब ६० अर्ब ३८ करोड ५९ लाख ३ हजार ९८८ रहेकोमा यस महिना ७ खर्ब ४ अर्ब ५५ करोड ९१ लाख ८४ हजार ६८५ पुगेको छ । 

त्यस्तै, सुनचाँदी, बैंक तथा वित्तिय संस्थालाई दिएको ऋण तथा सापटी, स्थिर सम्पति तथा उपकरणमा बढेको कारण बैंकको सम्पत्ति बढेको हो ।  

प्रतिक्रिया दिनुहोस