aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा पुस २ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा पुस २ गते हुने

काठमाडौं । माछापुच्छ्रे बैंकको यस अघि स्थगित २२ औं वार्षिक साधारण सभा पुस २ गतेका लागि तय भएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा विहान ११ बजे बोलाइएको हो । बैंकले यस अघि कात्तिक ६ गतेको लागि तय गरेको उक्त सभा कोरोनासंक्रमणका कारण स्थगित गरेको थियो । 

यस अघि तय गरेकै प्रस्तावहरु सभाले पारित गर्नेछन् । बैंकल यो वर्ष ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश गरी कुल १० दशमलव ४० प्रतिशत लाभांश पारित गर्नेछ । 

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन समेत सभा गर्ने कार्यक्रम छ । 

यो वर्ष वाणिज्य बैंकहरुमध्यबाट सबैभन्दा पहिला साधारण सभा गर्ने सुचना यस बैंकले सार्वजनिक गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । यस आधारमा असोज २१ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन्।

प्रतिक्रिया दिनुहोस