aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३ दशमलव ९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १३ दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  ३४ करोड १६ लाख १२ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस