aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन्।

विगत ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशक हुन्।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो।

प्रतिक्रिया दिनुहोस