
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामर्फत उपलब्ध गराउने भनेको पहिलो चरणको पुनर्कर्जा वितरण शुरु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जाको लागि आएको आवेदनको विश्लेषण गरी ५० अर्ब कर्जा स्वीकृत गरेको छ । स्वीकृत कर्जामध्ये पहिलो चरणमा साढे २३ अर्ब बैंक तथा वित्तीय संस्थामार्फत वितरण भइरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।
‘हामीले स्वीकृत भएको कर्जामध्ये पहिलो चरणमा साढे २३ अर्ब बैंक तथा वित्तीय संस्थामा पठाइ सकेका छौं,’ उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरूले वितरण शुरु गरिसकेका छन् । बाँकी किस्ता भने पुस दोस्रो साताबाट वितरण गरिने ढकालले बताए । पहिलो चरणम २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा पठाउने भनिएपनि अहिले साढे २३ अर्बमात्रै पठाएका छौ,’ उनले थपे ‘बाँकी साढे २६ अर्ब रुपैयाँ दोस्रो चरणमा ऋणीले पुनरकर्जाको सुविधा पाउने छन् ।’
राष्ट्र बैंकले कोभिडका प्रभावले थला परेका उद्यमीलाई राहत स्वरुप ऋणको ब्याजमा सहुलियत दिन पुनर्कर्जा कार्यविधि, २०७७ ल्याएको छ । सो कार्यविधिले गरेको व्यवस्था अनुसार साधारण पुनर्कर्जा ५ प्रतिशत र विशेष पुरकर्जाको हकमा ३ प्रतिशतमात्र ब्याज तिरे पुग्छ ।
पुरनकर्जा कार्यविधिले तीन प्रकारको पुनर्कर्जाको व्यवस्था गरेको छ । लघु, घरेलु, साना उद्यम, विशेष र साधारण पुनरकर्जा छ । कोभिड प्रभावित उद्यमी व्यवसायीलाई मध्येनजर गर्दै पुनरकर्जाको आकार बढाएको छ । नयाँ कार्यविधिले राष्ट्र बैंकमा भएको फण्टको पाँच गुणासम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । अहिले राष्ट्र बैंकसँग साढे ४२ अर्ब रुपैयाँको फन्ट छ । त्यसको पाँच गुणा अर्थात २१२.५० अर्बसम्म कर्जा प्रवाह गर्न सकिन्छ ।
पुनर्कर्जा कार्यविधि, २०७७ ले गरेको व्यवस्था अनुसार राष्ट्र बैंकले कुल पुनर्कर्जा रकमको बढीमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट राष्ट्र बैंकले कर्जा प्रवाह गर्छ । त्यो भनेको कुल पुनरकर्जाको १४८ अर्ब हुन्छ । असोजसमान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब पुनर्कर्जाको आवेदन परेको थियो । सो माग आएको आवदेन मध्ये ५० अर्ब कर्जा स्वीकृत राष्ट्र बैंकले गरेको हो । ५ करोडसम्म कर्जा उपयोग गरेका ऋणीले पुनर्कर्जा पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
साधारण पुपुनर्कर्जाको प्रति ग्राहक २० करोडको सीमा छ । कुल पुनर्कर्जाका यसको हिस्सा ४२ अर्ब हुन्छ । त्यो पैसा हामी बैंकलाई दिन्छौ । अर्को १० प्रतिशत पुनरकर्जा ‘घ’ वर्गका वित्तीय संस्थालाई दिने हो । उनीहरूलाई पनि हामीले एकमुष्ठ रुपमा उपलब्ध गराउने हो । ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई कर्जा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढी सकेको छ । ‘घ’ वर्गका वित्तीय संस्थाले पनि २१ अर्ब पुनर्कर्जा पाउने व्यवस्था नयाँ व्यवस्था छ ।
निकट भविष्यमै लघुवित्त वित्तीय संस्थालाई पनि पुनर्कर्जा दिने तयारी राष्ट्र बैंकले गरिरहेको छ । कर्जामा ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याज भुक्तानी गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा ५ करोड रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यस्तो सहुलियत १ वर्षको लागिमात्र हुने कार्यविधिमा उल्लेख गरिएको छ ।
हाल राष्ट्र बैंकबाट ग्राहक पुनर्कर्जामा १३ अर्ब ९० करोड पुनरकर्जा प्रवाह गरेको छ । यो कर्जा राष्ट्र बैंकले निरन्तर रुपमा अप्ठ्यारोमा परेका ऋणीलाई उपलब्ध गराउँदै आएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट अर्थतन्त्र र उद्यमी व्यवसायीमा परेको नकारात्मक तथा ऋण तिर्न सक्ने क्षमतामा परेको प्रभावको विश्लेषण गरेर खर्च कटौती गर्नुपर्ने अहिलेको अवस्थालाई मध्येनजर गर्दै उहाँहरूलाई भरथेग होस् भनी पुनर्कर्जाको सीमा बढाएको हो । यो कर्जा सबै क्षेत्रका ऋणीहरूले उपयोग गर्नुपर्ने अवस्था छ ।
अहिले पुनरकर्जा राज्यको गाउँपालिकासम्म पुग्ने गरी प्रवाह गर्नुपर्ने व्यवस्था गरेका राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले न्यूनतम ५ वटा पुनर्कर्जा प्रवाह गर्नुपर्छ । कोभिड –१९ बाट परेको प्रभावलाई न्यूनीकरण गर्न धेरै भन्दा धेरै ग्राहकमाझ पुग्ने राष्ट्र बैंक उद्देश्य हो ।
प्रतिक्रिया दिनुहोस