aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकबाट रकम रकमान्तर गरी अवैध रुपमा रकम झिक्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
बैंकबाट रकम रकमान्तर गरी अवैध रुपमा रकम झिक्ने पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । 

२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएको प्रहरीले जनाएको छ ।  

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो । घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस