aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गत वर्षभन्दा कम लाभांश घोषणा गरेको नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
गत वर्षभन्दा कम लाभांश घोषणा गरेको नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । लाभांश सार्वजनिक गरेकै दिन नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मंगलवार १ बजेर ३५ मिनेटसम्मको कारोबार अवधिमा यस बैंकको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत अर्थात प्रतिकित्ता १७ रुपैयाँले घटेर ३०० रुपैयाँमा झरेको हो ।  

बैंकले यस वर्ष ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।    

गत वर्षभन्दा यस वर्ष बैंकको लाभांशमा कमि आएको हो । गत वर्ष ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश सहित १२ प्रतिशत लाभांश बैंकले दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस