aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

दैनिक सवा दुई अर्बभन्दा बढी कर्जा लगानी गर्दै बैंकहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ मंसिर २०७७
दैनिक सवा दुई अर्बभन्दा बढी कर्जा लगानी गर्दै बैंकहरू

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले कर्जा लगानी बढाउन थालेका छन् । बैंकहरूले कर्जा लगानी बढाएर दैनिक सवा दुई अर्ब पुर्याएका हुन् । कोभिडका कारण व्यापार व्यवसाय बढ्न नसक्दा बैंकहरूमा अधिक तरलता थियो । मंसिर ५ पछि भने कर्जा लगानी बढेर  १२ गतेसम्म अवधिमा १६ अर्ब पुगेको छ ।  

पछिल्लो समय अधिक तरलताको मारमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले अब कर्जा लगानीलाई विस्तार बढाउँदै जानुले अर्थतन्त्र लयमा फर्कँदै गरेको अनुमान गर्न सकिने देखिएको छ । कोभिडका कारण ठप्प भएको व्यापार व्यवसाय सञ्चालन हुन थालेपछि कर्जा लगानी पनि बढ्दै गएको हो । 

नेपाल बैंकर्स संघका अनुसार मंसिर ५ गतेदेखि १२ गतेसम्म बैकहरूले कर्जा लगानीमात्रै बढाएका छैनन् । मंसिर ५ देखि १२ गतेको अवधिमा वाणिज्य बैंकको निक्षेप १९ अर्बले वृद्धि भएको छ । संघका अनुसार मंसिर ५ गते वाणिज्य बैंकहरुमा ३६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो । तर, मंसिर १२ गते पुग्दा तिनै २७ वटा वाणिज्य बैंकहरूको निक्षेप बढेर ३६ खर्ब ७५ अर्ब पुगेको छ । कार्तिकमा भने बैंकहरूले ३३ अर्बले निक्षेप बढाएका थिए । 

मंसिर ५ गतेसम्म ३० खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले  १२ गते आईपुग्दा कर्जा बढेर ३० खर्ब ६६ अर्ब पुगेको छ । कात्तिक ३१ अर्ब कर्जा प्रवाह गरेका थिए बढाएका थिए । कार्तिकसम्म ३० खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर १२ गते आईपुग्दा सो कर्जा बढेर ३० खर्ब ६६ अर्ब पुर्याएका हुन् । 

कर्जा लगानी बढ्नुको अर्को प्रमुख कारण शेयर बजार माथि उक्लनु पनि हो । यो साता दैनिक ९ अर्ब रुपैयाँको शेयर कारोबार हुन थालेको छ । लामो सयमसम्म पर्ख र हेरको अवस्थामा रहेका शेयर लगानीकर्ताले शेयरमा लगानी बढाउँदा एकातिर नेप्से परिसूचक माथि उक्लिएको छ भने अर्कोतिर बैंकहरूमा त्यतिकै थन्किएर रहेको पुँजीको परिचालन भएको छ । यसले अर्थतन्त्रलाई दीर्घकालीन रुपमा खासै अर्थ नराखे पनि अहिले बैंकर र लगानी कर्ता दुबैलाई राहत भने मिलेको छ । 
 

प्रतिक्रिया दिनुहोस