aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १७ गतेको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस शेयर कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजी  १ अर्ब ५० करोड रुपैयाँ आधारमा उक्त लाभाश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस