aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
मौद्रिक नीति समिक्षा

६ महिनाभन्दा बढी ब्याज बक्यौता नभएका ऋणीको धितो लिलाम नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
६ महिनाभन्दा बढी ब्याज बक्यौता नभएका ऋणीको धितो लिलाम नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले  बताए । 

साथै, सो भचुर्अल कार्यक्रममा कोभिडका कारण चार्ज नलगाइएका अनलाइन भुक्तानी कारोबारमा शुल्क लाग्ने भएको छ । 

मुद्दती खाता र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटमा भने सो व्यवस्था लागू नहुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस