aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

समता लघुवित्तको पुस १४ गते, पुस ५ गतेदेखि बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
समता लघुवित्तको पुस १४ गते, पुस ५ गतेदेखि बुक क्लोज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १४ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले होटल क्लासिक प्रालि सिमरा, बारामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
 
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गर्ने बताएका छ । यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत कर प्रयोजन समेत नगद लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस