
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज मिति २०७७ साल मंसिर महिना २० गते, शनिबार, केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२,७१,८५,३८३.१८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७,२६,९४,५१८.६९ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो ।
यस अवसरमा आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको NFRS बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
त्यसै गरी सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराउनु भयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गर्नु भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६।७७ सम्ममा ९२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ अर्ब २८ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था श्री तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको त्र्रैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस