
काठमाडौं । सिद्धार्थ बैंकले यस वर्षका लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ दशमलव २६ प्रतिशत गरी कुल २५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष कुल लाभांश दर घटेपनि बैंकले बोनस शेयर दर भने बढाएको छ ।
प्रतिक्रिया दिनुहोस