aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज एनआईसी एशिया बैंकको साधारण सभा, लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
आज एनआईसी एशिया बैंकको साधारण सभा, लाभांश पारित हुदैं

काठमाडौं । एनआईसी एशिया बैंकले आज (मंसिर २१ गते) २३ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको रजिष्टर्ड कार्यालय, थापाथली , काठमाडौंमा विहान ९ बजे सभा बोलाईएको हो । बैंकले यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित चालू आवको लागि लेखापरिक्षक नियुक्ती लगाएतका विषय सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् । 

हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले २० प्रतिशत लाभांश दिन लागेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ ।

 गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले ३ अर्ब १२ करोड १४ लाख ८७ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो । बैंकले कुल १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश यो वर्ष वितरण गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस