aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कामना सेवा बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
कामना सेवा बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले लोक गायक सुरेश गन्धर्ब आर्थिक सहयोग गरेको छ । गन्र्धबलाई उपचारका लागि सहयोग स्वरुप बैंकले ५० हजारको चेक हस्तान्तरण गरेको हो । 

बैंकले सहयोग स्वरुपको बैंकका प्रदेश नं १ का प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेकक हस्तान्तरण गरेका हुन् । सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।   

यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएमार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीएस, एसएमएस बैंकिङ, मोबाई बैंकिङसी एएसबीए अनलाइन अकाउन्स ओपनिङ, इन्टरनेट बैंकिङ, सोसल मिडिया बैंकिङ लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस