aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकले घोषणा गर्यो बोनस शेयर, अब चुक्ता पूँजी ११ अर्ब नाघ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
प्रभु बैंकले घोषणा गर्यो बोनस शेयर, अब चुक्ता पूँजी ११ अर्ब नाघ्याे

काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । 

बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस वितरणपछि  बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैंया पुग्नेछ । 

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत पछिको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस