
काठमाडौं । बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश दिने घोषणा गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
हेर्रौँ, कुन बैंकले कति दिँदैछ लाभांश ?
प्रभु बैंक
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले यस वर्षका लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडको कार्तिक ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कुमारी बैंक
कुमारी बैंक लिमिटेडको कार्तिक ५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक लिमिटेडको कार्तिक ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको कार्तिक १३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११.८४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सनराइज बैंक
सनराइज बैंक लिमिटेडको मंसिर ७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडको कार्तिक १९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंक लिमिटेडको मंसिर ४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंक लिमिटेडको मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस