aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश प्रस्ताव

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि ११ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव २६ प्रतिशत नगद लाभांश दिने निर्णय सोमवार सार्वजनिक गरेको हो । 

कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तपूँजी रू. ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस