aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रभु बैंकको लाभांशमा सन्तुष्ट देखिएनन् लगानीकर्ता, शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढीले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
प्रभु बैंकको लाभांशमा सन्तुष्ट देखिएनन् लगानीकर्ता, शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । प्रभु बैंकले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशतप्रति लगानीकर्ताको असन्तुष्टि देखिएको छ । बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

गत वर्ष १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४ प्रतिशत नगद दिएको यस बैैंकप्रति लगानीकर्ता यो वर्ष पनि आशावादी देखिएका थिए । विगतका दिनको कारोबारलाई हेर्दा पनि प्रभु बैंकले यस वर्ष गत वर्षकै तुलनामा राम्रो लाभांश दिने अपेक्षा लगानीकर्तामा रहेको देखिन्थ्यो ।  

सोमवारको कारोबारमा भने बैंकको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको करि दुई घण्टाको अवधिसम्म प्रभु बैंकको शेयरमूल्य ३ दशमलव ५१ प्रतिशतले घटेर रू. ३३० मा झरेको छ । यो अवधिमा कम्पनीको शेयर खरिद माग १ लाख ६१ हजार ६९२ कित्ताका लागि रहेको छ भने ८० हजार ३५८ कित्ता शेयर विक्री आदेश रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस