aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सानिमा बैंकको ४ अर्ब बराबरको ऋणपत्र आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
सानिमा बैंकको ४ अर्ब बराबरको ऋणपत्र आउँदै

काठमाडौं । सानिमा बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पुस १ गते बुधबारबाट ४ अर्ब रूपैयाँ बराबरको रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । 

उक्त ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ भने सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि पुस १ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले १० वर्ष अवधिको लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस