aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश दिने

काठमाडौं । लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २३ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस