aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साना किसान विकास लघुवित्तले गर्यो २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
साना किसान विकास लघुवित्तले गर्यो २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ लाख २९ हजार रहेको छ । सञ्चालक समितिले गरेको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस