
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को कारोबारमा आधारित भएर १५ वटा वाणिज्य बैंकहरूले कम्पनीले लाभांश घोषण गरेका छन् । लाभांश वितरण गर्न घोषणा गरेका बैंकहरूले ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । बैंकहरूले गरेको लाभांश घोषणामा पनि नगद लाभांश भने अत्यन्त कम रहेको छ । बैंकहरूले ०.५२ प्रतिशतदेखि ६ प्रतिशतसम्म थोरै नगद लाभांश दिने घोषणा गरेका हुन् ।
सबैभन्दा बढी लाभांश एनआईसी एशिया र हिमालय बैंकले वितरण गर्ने भएका छन् । यी दुबै बैंकहरूले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हिमालय बैंक गत आवको कारोबारबाट ६ प्रतिशत नगद लाभांश दिने भएको छ भने एनआईसी बैंकले १ प्रतिशतमात्र नगद लाभांश दिने भएका छन् ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश दिने भएका छन् । बैंकहरूले दिने लाभांशमा बैंक अफ काठमाण्डूको ३ प्रतिशत र ग्लोबल आईएमईको २ प्रतिशत नगद लाभांश दिने भएका छन् । त्यसरी नै सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश घोषणा गर्ने भएका छन् । बैंकले ३ प्रतिशत नगद लाभांश दिने भएका छन् । एभरेष्ट बैंकले ५.५३ प्रतिशत नगद लाभांश दिने भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड ४.८४ प्रतिशत नगद लाभांश रहेको छ ।
सनराइज बैंकले ३.६ प्रतिशत, सानिमा बैंकले ३.६ प्रतिशत, नेपाल एसबीआई बैंकको ३.४७ प्रतिशत, माछापुच्छ्रे« बैंकले ३.३७ प्रतिशत, कुमारी बैंकले ३.१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।
कोभिडको कारण पछिल्लो चौमासमा खुम्चिएको बैकिङ व्यवसायका कारण नाफा घट्दा बैंकहरूले वितरण गर्ने लाभांश समेत घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतमात्र लाभांश वितरण गर्न निर्देश गरेको छ । बाँकी बोनस शेयर दिनुपर्ने छ । राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै बैंकहरू कम नगद लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्न बाँकी बैंकहरूले साधारणसभा बोलाएका छन् ।
बढी लाभांश दिने बैंकको शेयर मूल्य स्थिर रहेको छ भने अन्यको शेयर मूल्य तल रहेका छन् । मंगलबारसम्म बैंकहरूको शेयर मूल्य हेर्ने हो भने नबिल बैंकको मात्रै एक हजारभन्दा माथि छ । अन्य सबै बैंकको शेयर मूल्य हजारभन्दा कम रहेको छ ।
यस्ता छन् बैंकहरूको लाभांश
प्रतिक्रिया दिनुहोस