aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सानिमा बैंकले गर्यो औषधी उपचार बीमा भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
सानिमा बैंकले गर्यो औषधी उपचार बीमा भुक्तानी

काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार २३० को औषधी उपचार बीमा भुक्तानी पाएका छन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।  

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजार रुपैयाँको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहित ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाख रुपैयाँको दुर्घटना बीमा र ३ लाख रुपैयाँको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।  

सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस