aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

दुई अर्ब बराबरको ऋणपत्र विक्री गर्ने अनुमति माग्दै एनएमबि बैंकले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
दुई अर्ब बराबरको ऋणपत्र विक्री गर्ने अनुमति माग्दै एनएमबि बैंकले दियो बोर्डमा निवेदन

काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंसिर २३ गते सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । 

कुल २० लाख कित्तामध्य ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने तयारी बैंकको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस