aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हाम्रो बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ मंसिर २०७७
हाम्रो बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

काठमाडौं ।  हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ बार्षिक तथा एकिकृत साधारण सभा सम्पन्न भएको छ । साबिक हाम्रो नमुना साकोस, हाम्रो थैलि साकोस र सेवक साकोस बिच एकिकरण भई हाम्रो साकोसको नाम २०७६ मङ्सिर ३० गते बाट एकीकृत कारोबार गर्दै आएको छ ।

आपसी सहयोग, सद्भाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल नारा लिएर समुदायमा आधारित संस्थाको रुपमा स्थापना भएको यस सहकारीको २२ औ साधारणसभाले आगामी ४ वर्षको लागि शम्भुप्रसाद फुँयालको अध्यक्षतामा १३ सदस्य संचालक समिति तथा ३ सदस्य लेखा समिति चयन गरेको छ । 

२२ वर्ष अघि जम्मा २९ जना सदस्यबाट दर्ता र ४९ सदस्यबाट कारोबार सुरु गरिएको संस्थामा हाल ५५०० भन्दा बढी शेयर सदस्य, १४ करोड भन्दा बढी शेयर पुँजी १ अर्ब भन्दा बढी निक्षेप र १ अर्ब  भन्दा बढी कर्जा लगानी सहित १ अरब ५०  करोडको वासलात रहेको छ । हाल यस सहकारीले  काठमाडौं, ललितपुर  र भक्तपुरमा गरि तीन जिल्ला कार्य क्षेत्र बनाई कारोबार गरिरहेको छ ।   

प्रतिक्रिया दिनुहोस