
काठमाडौं । नेपाल राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको कार्यकाल आगामी फागुन १८ गतेबाट सकिदैछ । गभर्नर सिफारिसमा कार्यकारी निर्देशकहरूमध्येबाट दुई जनालाई मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने परम्परा भएपनि जसको पहुँच बढी र माथिसम्म छ त्यो नै डेपुटी गभर्नरका लागि योग्य हुन्छ ।
हाल राष्ट्र बैंकको विभिन्न विभागमा कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिहेका १७ जना डेपुटी गभर्नरका लागि योग्य भएपनि सरकारसँग पहुँच भएका चार वर्षका लागि सो पदमा नियक्त हुने अभ्यास हुँदै आएको छ । अहिले डेपुटी गभर्नर बन्नका लागि बामपन्थी खेमाका कार्यकारीहरू शक्ति केन्द्र धाउन थालिसकेका छन् ।
राष्ट्र बैंकको डेपुटी गभर्नर बन्न अहिले अर्थमन्त्रीको सल्लाहकार बनेर अर्थमन्त्रालय काजमा पुगेका डा. प्रकाश श्रेष्ठदेखि डेपुटी बन्ने लाइनमा देव कुमार ढकाल, निलम ढुंगाना तिम्सिना, भुवन कँडेल, पिताम्बर भण्डारी,, सुमन कुमारसहितले प्रयास गरिरहेका छन् ।
त्यसरी नै डेपुटीको लाइनमा गुणाकर भट्ट पनि डेपुटीको बलियो दावेदारको रुपमा देखिएका छन् । नेफिल मातंगी मास्के, पिताम्बर भण्डारी, मुकुन्दकुमार क्षेत्री, रिषिकेश भट्ट, प्रदीपराज पौडेल, नरेश शाक्य, बमवहादुर मिश्र, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत नेपाल तथा रामवहादुर मानन्धर पनि डेपुटीका लागि योग्य मानिन्छन् ।
डा. प्रकाश श्रेष्ठ पक्का डेपुटी बन्ने उम्मेदवार भनिएको छ । केपी ओली र विष्णु पौडेलले निरन्तरता पाएमा उनी डेपुटी हुनेछन् । अर्काे एक डेपुटी गभर्नरका लागि तिब्र प्रतिष्पर्धा छ । जसमा बामपन्थी खेमाका अधिकांश कार्यकारीहरु प्रयासरत छन् ।
डेपुटी बन्न ढकाल, तिम्सिना, भुवन कँडेलसहितले निकै मेहनत गरिरहेका छन् । पिताम्बर भण्डारीदेखि सुमन कुमार अधिकारीसम्मले सम्बन्धित शक्तिकेन्द्रमा पहुँच बढाएका छन् । यीमध्ये कँडेल, ढकाल, ढुंगाना र अधिकारीलाई प्रवल दावेदार मानिएको छ ।
राष्ट्र बैंक ऐनले अहिले कायम रहेका १७ जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बन्न बराबरी योग्यता दिएको छ । कहिलेकाँही बरिष्ठताका आधारमा डेपुटी गभर्नर नियुक्त गर्नु पर्ने आवाज उठेपनि राजनीतिक पहुँचका आधारमा गभर्नरले आफ्नो दायाँ हातका रुपमा सिफारिस गर्ने गरेको विगतका अभ्यास छन् ।
डेपुटी गभर्नर दैनिक काम कारबाहीका साथै राष्ट्र बैंकको बोर्डमा पनि वरिष्ठ सदस्य हुन्छन् । डेपुटी गभर्नर खाली हुने मिति नजिकिदै जाँदा कार्यकारी निर्देशकहरु आ–आफ्नो पहुँच बढाउन राष्ट्र बैंकको दोस्रो आकर्षक पदमा पुग्न दौडमा लागेका हुन् ।
डेपुटी गभर्नरमा नियुक्त हुनका लागि कतिपय कार्यकारी निर्देशक नेता तथा नेतापत्नीलाई रिझाउन उनीहरूको घरदैलोमा जान थालिसकेका छन् । कतिले पुराना सम्बन्धलाई खोतल्दै यसलाई व्यूँझाएर उपयोग गर्ने रणनीतिमा लागेका छन् । डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउन राष्ट्र बैंक कर्मचारी युनियनहरू पनि पनि त्यतिनै सक्रिय हुने गरेका छन् ।
अहिले डेपुटी बनेका दुबै डेपुटी पनि यसरी नै राजनीतिक कोटामा नियुक्त भएका थिए । अहिले दुई तिहाईको सरकार भएकोले भागबण्डा भन्दा पनि अबको डेपुटी नियुक्तिमा शक्ति सामर्थले काम गर्ने देखिएको छ । राजनीतिक दवावका साथै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने डेपुटी गभर्नरका लागि गभर्नर महाप्रसाद अधिकारीले चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नु पर्ने छ । सत्ता
प्रतिक्रिया दिनुहोस