aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साञ्जेन जलविद्युत कम्पनीको साधारण सभा पुस २४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
साञ्जेन जलविद्युत कम्पनीको साधारण सभा पुस २४ गते

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले पुस २४ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ । चिलिमे जलविद्युत कम्पनीको सभाहल, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । 

चिलिमेको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । सभाका लागि गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षक नियुक्तीको विषय तय भएका छन् । लाभांशको प्रस्ताव भने गरिएको छैन् । 

सभामा भाग लिई छलफलमा सहभागी हुनका लागि पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति र छलफलका विषयहरु तय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस