aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनराइज बैंकको साधारण सभा पुस २४ मा, ८.२८ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
सनराइज बैंकको साधारण सभा पुस २४ मा, ८.२८ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । सनराइज बैंकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न पुस २४ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा विहान १० बजेका लागि सभा बोलाइएको हो । 
 
कोरोना जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ । सभाले यस अघि सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव ८० प्रतिशत बोनस शेयर  कर प्रयोजनका लागि २ दशमलव ४८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश दिने तयारी कम्पनीको हो ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाविचको मर्जर तथा प्राप्ती कार्य प्रयोजनका लागि सम्पूर्ण अख्यिारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस