
काठमाडौं । मंसिर १५ गते पारित भएको बैंक अफ काठमाण्डूको नगद लाभांश वितरण गर्न सुरु गरिएको छ । बैंकले नगद लाभांश पारित भएको भोलिपल्ट मंसिर १६ गतेदेखिनै वितरण गर्न सुरु गरेको हो ।
उक्त सभाबाट बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २.९९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । बैंकले मंसिर १६ गतेदेखिनै बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुको हकमा नगद लाभांश खातामै जम्मा गरिदिएको हो ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र बैंक खाता अद्यावधिक नगरेको शेयरधनीहरुको हकमा भने सबै प्रकृया पुरा गरेपश्चात नगद खातामा जम्मा गरिने समेत बैंकले बताएको छ ।
साथै आफ्नो शेयर धितो राखी कर्जा लिएकाहरुले भने उक्त कम्पनीबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नो अब्जेक्सन लेटर र बुक क्लोज पछाडी कर्जा चुक्ता गरेकाहरुले नगद लाभांश फुकुवा गरी शेयर रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने बैंकको भनाई छ ।
शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोनस शेयर भने सूचीकरण प्रकृयामा जाने हुदाँ समय लाग्ने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस