aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

राष्ट्र बैंकले आज ६ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
राष्ट्र बैंकले आज ६ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।   

आज २ बजे बोलकबोल भएर भोलि ट्रेजरी बिल इस्यु हुने बैंकले जनाएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब र ३६५ दिनका लागि २ सो बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको हो । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।  

सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । बैंकले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।     

प्रतिक्रिया दिनुहोस