aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर उपभोक्ता संरक्षण विभागमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर उपभोक्ता संरक्षण विभागमा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

उक्त एक्सटेन्सन काउन्टर बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बंैकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोला बहादूर बिष्टले संयूक्त रुपमा उद्धघाटन गरेका हुन् । 

अब काठमाडौंको बबरमहल स्थीत बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग भुक्तानी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 
 

प्रतिक्रिया दिनुहोस