aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले यस वर्ष कुल २८ दशमलव ९२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तपूँजीको आधारमा २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण योग्य हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस