aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
सेञ्चुरी कमर्सियल बैंकले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ७ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको वितरण हुन बाँकी बोनस पश्चात कायम हुने चुक्तापूँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर र कर सहित २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को लागि पारित गरेको २ प्रतिशत बोनस शेयर वापतको १६ करोड ८३ लाख ९ हजार रुपैयाँ पूँजीकरण भएपश्चात कायम चुक्तापूँजीको आधारमा यो वर्ष लाभांश वितरण गर्ने बताएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस