aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अब विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रा भुक्तान गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
अब विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रा भुक्तान गर्न सकिने

काठमाडौं । अब विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै सावा तथा ब्याज भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावलाई मध्येनजर गर्दै सो व्यवस्था गरेको हो ।

कोभिड–१९ का कारण विदेशी मुद्रा आम्दानी नभएको निष्कर्ष निकाल्दै अर्को व्यवस्था नभएसम्म विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा नै किस्ता भुक्तानी गर्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।


कोभिड–१९ का कारणले ‘विदेशी मुद्रा आम्दानी नहुँदा परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था सिर्जना भएकोले सम्बन्धित फार्म र कम्पनी र उद्योगहरूले  अर्को व्यवस्था नभएसम्मका लागि प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा किस्ता भुक्तानी गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ । 

विशेष गरी पर्यटन क्षेत्रका व्यवसायीहरुले विदेशी मुद्रा लिएको ऋण नेपाली रुपैयाँमा नै भुक्तान गर्न सक्ने व्यवस्था गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस