aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्पर्श लघुवित्तले गर्यो २०.५३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
स्पर्श लघुवित्तले गर्यो २०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले २० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा वितरण गर्ने निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस